सेल्फी खिच्ने क्रममा खोलाले बगाउँदा मकवानपुरमा एकको मृत्यु ।

Posted on: 26 Sep, 2020

असोज१०,मकवानपुर ।

मकवानपुरको त्रिखण्डी मन्दिर नजिक राप्ती खोलाले  बगाएर एक युवतीको मृत्यु भएको  छ । भिमफेदी १ स्थित त्रिखण्डी मन्दिर नजिक साथीहरुसँग  नुहाउन नदी  किनारमा गएकी एक युवती लाई राप्ती खालाको भेलले बगाएको थियो । सेल्फि खिच्ने क्रममा युवतीलाई खोलाले बगाएको स्थानियले बताएका छन् । युवतीलाई बगाएपछि उद्धारका लागि खटिएका स्थानीयले केही तल पुगेर झिक्दा युवतीको मृत्युु भइसकेको थियो । घटनास्थलमा प्रहरी चौकी भैंसेबाट टोली पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!