बिपी प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु

Posted on: 01 Oct, 2020

असोज १५, धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६का ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । 

उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइहेको थियो । ज्वरो, खोकी र  श्वासप्रश्वाशमा कठिन भएपछि बुधबार प्रतिष्ठानको कोभिड अस्पतालमा उनलाई भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो । छ । कुनै दीर्घ रोग नभएका उनलाई निमोनियासमेत भएको थियो । बुधबार राति प्रतिष्ठानमा ल्याइएको १५ मिनेटपछि उनको मृत्यु भएको थियो ।  उनको आज कोरोनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता सापकोटाले बताउनुभयो । यससँगै बिपी प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको सङ्या ३८ पुगेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!