कोरोना सङ्क्रमित पुरुषको मृत्यु

Posted on: 04 Oct, 2020

असोज १८, चितवन | चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । 

असोज  १६ गते कोरोना सङ्क्रमणसहित उहाँ भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना हुनुभएको थियो । उहाँमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!