भोजपुरमा भूसंरक्षण अभियानमा वृक्षरोपण

Posted on: 30 Jul, 2016

साउन १५, भोजपुर । भूसंरक्षण दिवस एक महिने अभियानअन्तर्गत रणबम गण परिसरमा शुक्रबार विभिन्न जातका बिरुवा रोपिएको छ । 

रुद्राक्ष, सुन्तला, कफी, मसला, गुलाफ तेजपात बडहरलगायतका विभिन्न प्रजातिका २६५ वटा बिरुवा वृक्षरोपण गरिएको हो । 

यसैबीच भूसंरक्षण दिवस अभियानअन्तर्गत नै भोजपुरको आम्तेक गाविसमा तीन हजार अम्लिसोको बिरुवा वितरण गरिएको छ । 

भूसंरक्षण अभियानअन्तर्गत हालसम्म आठ हजारको हाराहारीमा जिल्लाका विभिन्न स्थानमा विभिन्न प्रजातिका बिरुवा रोपी सकिएको भूसंरक्षण अधिकृत सञ्जयकुमार मिश्रले जानकारी दिए । एक महिने अभियान यही साउन २४ गते सकिँदै छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!