८ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु

Posted on: 17 Oct, 2020

कात्तिक १, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट इलामकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

इलामको सूर्योदय नगरपालिका- १२ की बालिकालाई चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको दुबै मृगौलाले काम गर्न छाडेकाले विराट मेडिकल कलेजले काठमाडौं लैजान रिफर गरेको आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए ।

आफन्तले भने विराटनगरका अन्य अस्पतालमा भर्ना गराउन खोजेका थिए । तर बेड नभेटेपछि घर लैजादै गर्दा ति वालिकाको बाटोमै मृत्यु भएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट धनराज यादवले जानकारी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!