अस्पताल सञ्चालकसहित विराटनगरमा थप चार जना संक्रमितको मृत्यु

Posted on: 19 Oct, 2020

कात्तिक ३, मोरङ | विराटनगरमा अस्पताल सञ्चालक सहित थप चार जनामा कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा तीन पुरुष र एक महिला रहेका छन् । उनीहरुको हिजो राति र आज बिहान मृत्यु भएको हो ।

दुई जनाको नोबेल शिक्षण अस्पताल, एक जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र एक जनाको न्युरो अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरुष, विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुष, विराटनगर–२ की ६० वर्षीया महिला र मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुष रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!