पछिल्लाे २४ घण्टामा ३०९३ जनामा काेराेना सङ्क्रमण पुष्टि

Posted on: 20 Oct, 2020

कात्तिक ४, काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा तीन हजार ९३ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।

नेपालमा काेभिड–१९ का सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार एक सय २९ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा १३ हजार आठ सय ६१ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै गएकाे २४ घण्टामा दुई हजार एक सय आठ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ९६ हजार ६ सय नाै पुगेको छ ।  

अब नेपालमा ४१ हजार सात सय ५५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । 

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ६५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!