प्रहरी हत्याको आरोपमा सात पक्राउ

Posted on: 20 Oct, 2020

कात्तिक ४, कैलाली (रासस) । धनगढीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साँउदको हत्याको आरोपमा प्रहरीले आज सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –१० का पर्कु भन्ने रोहित राना, सोही ठाउँका राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र गोपाल भन्ने रामगोपाल राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

ती प्रहरीको गत असोज १ गते जुगेडाको दक्षिणी भागमा राति गस्ती गर्ने क्रममा धनगढी– १० स्थित मोहना नदीबाट अन्दाजी ४०० मिटर उत्तरमा सिमामा अवैध समानहरुको तस्करी गरी रहेको समूहलाई नियन्त्रणमा लिने क्रममा हत्या भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!