दशैंको टीकाको दिन यस्तो रहनेछ मौसम ?

Posted on: 24 Oct, 2020

कात्तिक ८, काठमाडौं । यसवर्ष विजया दशमीको दिन देशभर मौसम सफा हुने मौसमविदले बताएका छन् । मौषम सम्बन्धि प्राप्त जानकारी अनुसारआगामी तीन  दिनको मौषम सफा हुनेछ । 

देशको पूर्वी भागको आकाशमा अलिअलि बादल लाग्ने र विशेष गरी प्रदेश १ को पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना भए पनि त्यसले केही असर नपर्ने मौसमविदको पूर्वानुमान छ ।

यस वर्ष विजया दशमीको टीका लगाउने उत्तम साइत कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटको लागि जुरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

आज दशैँको महा अष्टमीको दिन, आज दिउसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती प्रदेश १ मा सामान्य बदली तथा बागमती  प्रदेश र गण्डकी प्रदेशमा  आंशिक बदली रही अन्य भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०९ गते  (आइतबार) महा नवमीको दिन

दिउँसो: प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक १० गते  (सोमबार), विजया दशमीको दिन 


दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!