पर्वत जिल्लामा शनिबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 24 Oct, 2020

कार्त्तिक १५, पर्वत ।  पर्वत जिल्लामा शनिबार एकैदिन ९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।  कुश्मा नगरपालिकामा कन्ट्याक्ट् ट्रेेेेेसिङ पछि गरिएको परिक्षणका क्रममा ९ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखरामा गरिएको पिसिआर परिक्षणमा पर्वतको कुश्मा नगरपालिकाका ९ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा कुश्मा नगरपालिका वडा नम्बर ६ का ५ जना  ३६,४०,५१,३२ र २९ वर्षीय पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर ४ का ३९ वर्षीय पुरुष वडा नम्बर ५ का ३६ वर्षीय पुरुष र वडा नम्बर ७ का ४२ वर्षीय पुरुष रहेका छन् । एक जनाको ठेगाना खुल्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यलय पर्वतका जनस्वास्थ्य अधिकृत प्रबिण भण्डारीले जानकारी दिनुभयो ।

आईतबार मात्रै सदरमुकाम कुश्मामा ६४ जनाको कन्ट्राक्ट ट्रेसिङ गरिएको थियो । संक्रमित सबै पुरुष सोही  कन्ट्राक्ट ट्रेसिङमा भेटिएका हुन । यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय ६१ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!