राससका महाप्रबन्धकलाई कोरोना सङ्क्रमण

Posted on: 31 Oct, 2020

कार्तिक १५, काठमाडौँ । राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँका परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महाप्रबन्धक शर्मा होम आइसोलेशनमा हुनुहुन्छ । 

स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू सङ्क्रमित हुन पुगेको बताउँदै उहाँले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई आइसोलेशनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गर्नुभएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै उहाँ नियमित कार्यालयमा उपस्थित हुनुहुन्थ्यो । महाप्रबन्धक शर्मासँगै उहाँका चालक लीलाराम देवकोटालाई पनि आजै सङ्क्रमण पुष्टि भएको छ र उहाँ पनि होम आइसोलेशनमा हुनुहुन्छ । उहाँहरु दुवैलाई शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोरानाका सामान्य लक्षण देखिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!