बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

Posted on: 01 Nov, 2020

कात्तिक १६, बाँके | बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । 

नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा निवासी ६० वर्षीया महिला र कैलालीको टीकापुर नगरपालिका–१ निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभएको हो  । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!