मकवानपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा ९ को मृत्यु, ३२ जना घाइते

Posted on: 31 Jul, 2016

साउन १६, हेटौँडा । मकवानपुरको मनहरी ३ रमनटारमा दुई यात्रुवहाक बस एक आपसमा जुद्धा ९ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ३२ जनाको घाइते भएका छन् ।

काठमाडौँबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ५०५५ नंको अग्नि यातायात सेवाको बस र उदयपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ४०६४ नंको रात्रिबस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा राति एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो । 

मृतक यात्रुको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले  जानकारी दिए । 

मृतकहरु कुन बसका हुन् भन्ने पनि यकिन हुन सकेको छैन । 

मृतकको शव हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुवै बसका यात्रु ३२ जना घाइतेलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!