मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

Posted on: 10 Nov, 2020

कात्तिक २५, काठमाडौँ (रासस) । यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । 

हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो ।

प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । 

प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!