माधव मरहठ्ठाको निधनमा अध्यक्ष दाहालद्वारा शोक प्रकट

Posted on: 11 Nov, 2020

कात्तिक २६,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्ववरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको असामयिक निधनले आफूलाई दुखित बनाएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले आज एक शोक वक्तव्य प्रकाशित गर्दै मरहठ्ठाले नेपाली कम्युनिष्ट आन्दोलन, जनयुद्ध र शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । मरहठ्ठाको नेपालको राजनीतिक परिवर्तनमा ठूलो योगदान रहेको स्मरण गर्नुभएको छ । उहाँको आज बिहान स्टार हस्पिटलमा निधन भएको हो ।

विभिन्न पुस्तकका लेखक तथा बौद्धिक व्यक्तित्वका धनी मरहठ्ठाले गोरखा जिल्लाको शिक्षक आन्दोलन र त्यस क्षेत्रको शैक्षिक विकासमा खेल्नुभएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । अध्यक्ष दाहालले दिवङ्गत मरहठ्ठाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!