रौतहटमा एक युवतीको गोली हानी हत्या

Posted on: 12 Nov, 2020

कार्तिक २७, रौतहट | रौतहटमा गोली प्रहारबाट एक जना युवतीको हत्या भएको छ | गए राति करिब ११ बजेतिर गोली प्रहारबाट १८ वर्षिया अमृता कुमारीको हत्या भएको हो | गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ |

प्रहरीका अनुसार उनको कन्चटमा एउटा गोली लागेको छ | अमृता विवाहित महिला हुन् | उनको विवाह गत वर्ष फागुनमा सर्लाही मधुवनगोठका रूपेश साहसँग भएको थियो | विवाहको केही समयपछि उनी लौकाहास्थित माइतीमा बस्दै आएकी थिइन् |

गत असारमा अमृताले श्रीमानसँग सम्वन्ध विच्छेद गरेकी थिइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!