निस्ते खोलामा अज्ञात शव भेटियो

Posted on: 01 Aug, 2016

प्रेम सुनार | साउन–१७, गुल्मी । गुल्मीको दोहली गाविस र मुसिकोटको विचमा पर्ने निस्तेखोला किनारमा एक बृद्धा महिलाको शव फेला परेको छ । 

मुसिकोट–४ दलुङ्गका प्रितम घिमिरेले दिएको जानकारी अनुसार अन्दाजी ६० देखि ६५  वर्ष उमेरकी बृद्धा महिलाको शव दोहलीको मौरीभिर भन्ने स्थानको निस्तेखोला किनारमा सडेगलेको अवस्थामा शव फेला परेको हो ।

गलामा पोतेगेडी र नाडीमा चाँदीका वालाहरु रहेका छन् । कपाल सेतै फुलेको छ । शरिर नग्न अवस्थामा रहेको छ । यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर  रावल संग सम्पर्क राख्दा उक्त शव भेटिएको जानकारी आए पनि पहिचान हुन सकेको छैन् ।  रावलले उक्त शव त्यस भेगको हुन नसक्ने बताए । स्थानियवासीहरु जुटेर पहिचान गर्ने कोशिस गरिए पनि त्यस भेगको नभएको बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!