सप्तरीकी ७१ वर्षीया कोरोना संक्रमितको मृत्यु

Posted on: 20 Nov, 2020

मंसिर ५, काठमाडौं | सप्तरीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ | 

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा बिहीबार राति साढे ८ बजे बोदेबर्साइन-३ की ७१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो |

निमोनिया भएकी उनी बिहीबार अस्पताल भर्ना भएकी थिइन् | उनलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!