आजको मौसम पूर्वानुमानः यी स्थानमा हल्का वर्षाको सम्भावना

Posted on: 21 Nov, 2020

मङ्सिर ६, काठमाडौँ | शनिबार देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ | मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान अनुसार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ |

शनिबार दिउँसो  प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यता, प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ |

त्यस्तै, राति प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक  देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

भने, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!