पछिल्लो २४ घण्टामा १६७४ जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 21 Nov, 2020

मंसिर ६ , काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ |  देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो |

यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार, उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको छ |

हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् | त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएको छ | योसंगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १३०५ पुगेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!