उदयपुरको ताप्ली गाउँपालिकामा बम बिस्फोट

Posted on: 22 Nov, 2020

मङ्सिर ७, उदयपुर | उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिष्फोट भएको छ | राति एक बजेको समयमा पालिका कार्यालयसँगै रहेको नागरिक सहायता कक्षमा अज्ञात समूहले बम बिस्फोट गराएको हो |

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बम बिस्फोटबाट कार्यालयको कम्प्युटरका साथै टेबल, कुर्सीलगायतका फर्निचरमा क्षति पुगेकोछ | साथै घटनास्थल नजिकै एउटा बम पनि फेला परेको र गाईघाटबाट बम डिस्पोजल टोली मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले  जानकारी दिए |

घटना कसले र किन गरायो भन्ने बारेमा अहिलेसम्म नखुलेको प्रहरीको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!