पछिल्लो २४ घण्टामा कोरोनाका कारण २४ जनाको मृत्यु, १७९० संक्रमित थपिए

Posted on: 24 Nov, 2020

मंसिर ९, काठमाडौँ | नेपालमा पछिल्लो २४ घन्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा गर्दा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको  हो | 

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना मुक्त हुनेको संख्या २७९१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | हाल देशभर सक्रिय १७८५९ संक्रमित रहेका छन् | मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घन्टामा २४ जनाको मृत्यु भएको छ | 

योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १३६१ पुगेको मन्त्रालयको तथ्यांक छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!