गोठमा काम गरिरहेकी महिलामाथि सामूहिक बलात्कार

Posted on: 26 Nov, 2020

मङ्सिर ११, डडेल्धुरा | डडेल्धुरामा बुधबार एक महिलामाथि सामूहिक बलात्कार भएको छ | जिल्लाको नवदुर्गा गाउँपालिका–१ खैरोडामा स्थानीय ३० वर्षकी महिलामाथि सामुहिक बलात्कार भएको हो |

घटनामा संग्लग्नको आरोपमा वडा नम्बर १ का ३४ वर्षीय टेक दमाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए | पीडित महिलाको उजुरीको आधारमा निज युवकलाई पक्राउ गरिएको उनले बताए |

बलात्कार घटनामा अर्का एक व्यक्ति पनि संलग्न भएको आशंका गरिएको र ति व्यक्तिको खोजी भइरहेको उनले बताए | उनका अनुसार मेला हेरेर फर्किएका २ पुरुषले गोठमा काम गरिरहेकी महिलामाथि बलात्कार गरेको भन्ने उजुरी परेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!