ओलम्पियन दीपक विष्ट कोरोना सड्क्रमित

Posted on: 26 Nov, 2020

मड्सिर ११, काठमाडौँ (रासस) । ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक्षक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित हुनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो । उहाँसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ ।

परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिनुभएको छ । सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उहाँले आग्रह गर्नुभएको छ ।

कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बस्नुभएको छ । उहाँकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना सड्क्रमणबाट मुक्त हुनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!