कन्चनपुरमा एक पुरूष मृत फेला

Posted on: 27 Nov, 2020

मंसिर १२, कंचनपुर | कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन् | शुक्रबार बिहान ७ बजेतिर भीमदत्त नगरपालिका वडा नम्वर ४ स्थित भानु प्यालेस पार्टी नजिकै अन्दाजी २८ वर्षिय पुरुष मृत फेला परेका हुन् |

उनी घाँटीमा टेलिफोन तार बेरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए | मृतकको पहिचान खुलेको छैन |

मृतक पुरुषको पहिचानका लागि अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए। उनको शव अहिले घटनास्थलमै छ।आफन्तहरु सम्पर्कमा आएपछि शवको पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!