ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

Posted on: 29 Nov, 2020

मंसिर १४, धनगढी | कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार रामबहादुर बिष्टको मृत्यु भएको छ |

जिल्लाको बेदकोट नगरपालिका–१ स्थित चम्फापुरमा  झलारीस्थित घरबाट प्रहरी चौकी दोधाराचादँनी झोलुङ्गे पुल जाने क्रममा ट्रकले ठक्कर दिंदा उनको घटना स्थलमै मृत्यु भएको हो | उनी सवार लु१२प ५१५ नम्बरको मोटरसाइकललाई से १ च १४०६ नम्बरको ट्रकले ठक्कर दिंदा हवल्दार विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ | 

आइतबार बिहान भएको घटनामा मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!