गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टरमा चरा ठोक्किंदा दुर्घटना

Posted on: 29 Nov, 2020

मङ्सिर १४, काठमाडौँ | गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टरमा चरा ठोक्किंदा नुवाकोटमा दुर्घटना भएको छ | आइतबार दिउँसो कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दुर्धटना भएको हो |

 हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारी सहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको छ | उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि बेलकोटगढि गाँउपालिका वडा नम्वर ६ मा आकस्मीक अवतरण गरिएको गलकोट नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले जानकारी दिए  | 

भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ | हेलिकोप्टर हटियाबाट १२ बजेर ५० मिनेटमा काठमाडौँका लागि उडेको थियो | हेलिकप्टरको अगाडिको सिसा फुटेको छ भने अगाडिको भागमा क्षति पुगेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!