बोक्सीको आरोप लगाउँदै एक हुलद्धारा एक परिवारलाई आतंकित

Posted on: 01 Aug, 2016

प्रेम सुनार/साउन १७, गुल्मी । शिक्षित र सचेतहरुको गाउँ भनेर चिनिने आँपचौरमा केहि दिन अघि वोक्सीको आरोप लगाउँदै   दश वाह्र जना समुहका मानिसहरु रातको समयमा अर्काको घरमा पसेर आतांकित पारेको खवर ढिलो गरी प्राप्त भएको छ ।

आँपचौर ५ का ७३ वर्षिय कर्णबहादुर बिक र उनकी  ६४ वर्षिया श्रीमति लक्ष्मीलाई बोक्सी उतार्छौं भन्दै साउन १३ गते साँझ साढे ९ वजेको समयमा  स्थानिय दानबहादुर बिक १३ वर्षिया छोरी ज्योति बिक र सुमन बिककी २२ वर्षिया श्रीमति हकिला बिक झाँक्री बन्दै र बक्दै घर भित्र पसेको र उनिहरुको साथमा अरु १० जना मानिसको समुह पसेर आतंकित पारेको बिक परिवारले बताए ।

दानबहादुर बिककी १३ वर्षिया छोरी ज्योति ३ वर्ष देखि विरामी परेको । पाल्पाको अस्पतालमा लैजाँदा रोग पत्ता नलागेको र शान्तिपुरमा रहेकी देविनी भन्ने एक महिलाले विहान वेलुका पुजा पाठ गर्न लगाए पछि देउता उत्रेर धामी झाँक्री बनेको उनकी वुहारी हरिकला पनि काँप्दै बिश्वकर्मा परिवारको घर भित्र पसेर वक्न थालेको र वोक्सी यहि धुरी भित्र छ भनेर भनेको भन्दै उनिहरुले मजुवा प्रहरी चौकीमा उजुरी हालेका थिए ।

तर जिल्ला प्रहरी कार्यालयले घटना गम्भीर भएको भन्दै जिल्लामा बोलाएको थियो । आज दुवै पक्षलाई जिल्ला कार्यालयमा बोलाई छलफल चलाईएको जिाल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए । 

उक्त घटनाले जिल्लावासीको शिर निहुराउने काम भएको छलफलमा  सहभागी नेकपा एमाले नेता जंग नेपालीले वताए ।  त्यस्तै एकिकृत नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विरबहादुर कार्कीले अहिलेको जमनामा यस्तो अन्धाविश्वा र रुढीवादी सोच भएका मानिसहरु विरुद्ध कावाही हुनु पर्नेमा जोड दिए ।

यो समाचार तयार पार्ने बेला सम्म दुवै पक्ष विच छलफल चलाईएको छ । तर पिडक पक्षलाई पिडित पक्षले नै उनिहरु असहाय र विपन्न भएको भन्दै करुण जगाउँदै माफी मगाएर छाड्नका लागि स्वयम प्रहरी संग अन्नय विनय गरी रहेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!