अर्घाखाँचीमा तीन दिनदेखि बेपत्ता पुरुष खोलामा मृत फेला

Posted on: 01 Dec, 2020

मङ्सिर १६, काठमाडौँ | अर्घाखाँचीमा तीन दिनदेखि बेपत्ता एक जना पुरुष आज मृतावस्थामा फेला परेका छन् |

तीन दिनदेखि बेपत्ता सन्धिखर्क नगरपालिका–१ हस्पिटल लाइनका ५५ वर्षीय लक्ष्मण न्यौपाने मृत फेला परेको प्रहरीले जनाएको छ | आइतबारर दिउँसो  घरबाट निस्किएका न्यौपानेको शव बाँगी खोलाको सोन्ठेमा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ |

घरबाट निस्किएर बेपत्ता भएका उनको खोजी गर्दा बाँगी खोलामा पानीमा डुबिरहेको अवस्थामा प्रहरीले शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनारायण गुप्ताले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!