ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको निधन

Posted on: 01 Dec, 2020

मङ्सिर १६, सोलुखुम्बु (रासस) । ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको हृदयघातको कारण निधन भएको छ । केरुङ प्रहरी चौकी विमानस्थल सुरक्षा गार्ड फाप्लुमा कार्यरत ५० वर्षीय चित्रबहादुर गुरुङको सोमबार निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङका अनुसार अचानक बेहोस हुनुभएका गुरुङलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ स्थायी ठेगाना भई हाल धरान १५ बस्दै आउनुभएका गुरुङको शव परीक्षणपछि आज आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!