पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 02 Dec, 2020

मंसिर १७, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो | कोरोना मुक्त हुनेको संख्या १५६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | 

पछिल्लो २४ घन्टामा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ | योसंगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १५३८ पुगेको छ | हाल देशभर १६५४७ सक्रिय संक्रमित रहेका छन् | यस्तै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २३६२४६ रहेको मन्त्रालयको तथ्यांक छ |

हालसम्म २१८१६१ जना कोरोना संक्रमण मुक्त भइसकेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!