अस्पतालबाटै फरार रहेका सम्झनाका हत्या आरोपी राजेन्द्र १० घण्टा पछि पक्राउ

Posted on: 04 Dec, 2020

मंसिर १९,डोटी | बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामिको बलात्कारपछि हत्या गरेको आरोपी राजेन्द्र बोहरालाई सुरक्षा घेरा तोडेर भागेको करिब १० घण्टापछि प्रहरीले पक्रेको छ | गत राति १० बजेर तिर फरार रहेका उनलाई  १० घण्टा पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ | 

पुर्पक्षका लागि डोटी स्थित बालसुधार गृहमा राखिएका उनलाई मंसिर ६ मा कोरोनाभाइरसको पीसीआर जाँच रिपोर्ट पोजेटिभ आएपछि जिल्ला अस्पतालमा डोटीको आइसोलेशनमा भर्ना गरिएको थियो | अस्पतालबाटै फरार रहेका उनलाई प्रहरीले डोटीको पुर्वीचौकी गाउँपालिका १ बाट पक्राउ गरेको हो | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ | डोटीको सिलगढी नगरपालिका–६ स्थित बालसुधार गृहमा रहेका अन्य ३ जना थुनुवालाई पनि कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो |

१६ वर्षीय बोहरा सोही मौका छोपेर बोहरा भागेका थिए | जिल्ला अदालत  बझाङले उनलाई उमेर कम भएको भन्दै बाल सुधार गृहमा राख्न आदेश दिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!