बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ

Posted on: 04 Dec, 2020

मङ्सिर १९, बैतडी | बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ परेका छन् | जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागु औषध चरेशसहित १ जनालाई पक्राउ गरेको हो | 

सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले गएराति बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर धामीलाइ प्रहरीले  पक्राउ गरेको हो | उनलाई विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रिय अनुसन्धानले जनाएको छ | 

धामीलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ | उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!