पछिल्लो २४ घण्टामा १२७२ जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 04 Dec, 2020

मंसिर १९, काठमाडौं | पछिल्लो २४ घण्टामा थप १२७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् | देशभरका प्रयोगशालामा ८०४१ वटा पीसीआर परीक्षणमा १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो |

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |

मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १५७५ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको मन्त्रालयको तथ्यांक छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!