कोभिड १९ को खोप केही हप्तापछि आउँछ– प्रधानमन्त्री मोदी

Posted on: 04 Dec, 2020

मङ्सिर १९, (रासस/एएनआई) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ भाइरसका विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताउनुभएको छ ।

उहाँले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा सो कुराको जानकारी दिनुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त भएको समाचारमा बताइएको छ ।

प्रधानमन्त्री मोदीले भन्नुभएको थियो– हामीलाई भारतीय वैज्ञानिकहरुले भन्नुभएको छ, हामीले आगामी केही हप्तामा नै यहाँ कोभिडका विरुद्धको खोपको शुरुआत गर्दैछौँ ।

प्रधानमन्त्री मोदीले यसका भारतीय वैज्ञानिकले निकै मेहनत गरेको पनि सो अवसरमा विपक्षी नेताहरुलाई जानकारी गराउनुभएको बताइएको छ ।

अबका केही हप्तामा भारतमा पनि कोरोना भाइरस विरुद्धको खोप दिन सकिनेगरी तयारी गरिएको बताउँदै भारतीय वैज्ञानिकहरुले सबैभन्दा पहिला यो खोप कसलाई दिने भनेर सरकारले गृहकार्य गरेको पनि प्रधानमन्त्री मोदीले बताउनुभयो ।

यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु, कोभिडको उपचारमा खटेका जनशक्ति, बृद्धबृद्धाहरु र यसका विरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो ।

प्रधानमन्त्री मोदीले भारतीय वैज्ञानिकहरु यो खोप निर्माण गर्ने क्रममा निकै लागेको र उनीहरु यस महान अभियानमा सफल हुने भनी निकै नै आत्मविश्वासका साथ काम गरेको बताउनुभयो ।

यतिखेर आफूले यो खोप सस्तो मूल्यमा नै के कसरी भारतीय नागरिकलाई उपलब्ध गराउने भन्ने विषयमा भारतका हरेक राज्यका मुख्यमन्त्रीहरुसँग कुराकानी गरिरहेको पनि प्रधानमन्त्री मोदीले बताउनुभयो ।

भारतका विभिन्न राजनीतिक दलहरुको भर्चुअल बैठकमा सबैभन्दा पनि भारतको विपक्षी दल भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले भारतीय नागरिकले कहिलेदेखि कोभिडको खोप पाउँछन् भनेर प्रश्न गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!