पछिल्लो २४ घण्टामा १०२४ जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 05 Dec, 2020

मंसिर २०, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा ६०७४ नमुना परीक्षण गर्दा  १०२४ जनामा संक्रमण पुष्टि भएको हो |

योसंगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ | हालसम्म २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छन् | मन्त्रालयका अनुसार,१५७७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ |

नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा १० जनाको मृत्यु भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!