भोजपुरमा हावाहुरीबाट मकै बालीमा क्षति

Posted on: 02 Aug, 2016

साउन १८, भोजपुर । दक्षिणी रानीबाससहित आसपासका गाविसमा पानीसँगै आएको हावाहुरीले लाखौँको मकैबाली लडाएर नष्ट गरेको छ । 

सोमबार साँझदेखि आजसम्म लगातार आएको हावाहुरीले रानीवास ४, ५, ६, ७ र ९ नं वडामा लगाइएको अधिकांश मकैबाली ढलाएको त्यहाँका स्थानीयवासी सरोज कोइरालाले जानकारी दिनुभयो । 

हावाहुरीले रानीवास आसपासका होम्ताङ, पात्लेपानी र खैराङमा लगाइएको मकैबालीमा समेत क्षति पुगेको कोइरालाको भनाइ छ । मकैमा क्षति पुगेसँगै क्षतिग्रस्त गाविसमा खाद्यान्न सङ्कट हुन सक्ने स्थानीयवासीको आँकलन छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!