बाँकेमा बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

Posted on: 08 Dec, 2020

मंसिर २३, बाँके |  बाँकेमा बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ पक्रेका छन् | 

 २०६८ साल असार ३१ गते जिल्ला अदालत बाँकेले जबरजस्ती करणी सम्बन्धि मुद्दामा १० वर्ष कैद सजाय फैसला गरेका नैनापुर गाउँपालिका–९ का ३४ वर्षीय हेमन्तकुमार मिश्रलाई प्रहरीले पक्राउ गरेको हो |

विशेष सूचनाका आधारमा उनलाई नेपालगञ्ज उपमहानगरपालिका १ सिटी प्यालेसबाट  पक्राउ गरिएको लुम्विनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदावारले जानकारी दिए | 

 मिश्रलाई ईलाका प्रहरी कार्यालय भगवानपुरमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!