बैतडीमा ढुंगाले छोपेको अवस्थामा नवजात शिशुको शव फेला

Posted on: 10 Dec, 2020

मंसिर २५, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिका–६ सेटिगाउँमा बुधबार साँझ नवजात शिशुको शव फेला परेको छ | शव ढुंगाले छोपेर राखेको अवस्थामा स्थानीयले फेला पारेका हुन् | स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए |

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार भेटिएको शव परिक्षण गरेर यवस्थापन गरिएको छ | कसैले अवैध गर्भपतन गराएर शव फालेको हुनसक्ने प्रहरीको आशंका छ |

घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!