मन्थलीमा स्तनपान सम्बन्धी अन्तरक्रिया कार्यक्रम

Posted on: 02 Aug, 2016

साउन १८, रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा आज बिश्व स्तनपान सप्ताहका अबसरमा स्तनपान सम्बन्धि सचेतना फैलाउने उद्देश्यले अन्तरक्रिया गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आयोजनामा भएको कार्यक्रममा स्तनपान सम्बन्धि विविध जानकारी दिइएको हो । 

स्तनपान : दिगो बिकासको पमुख आधार नारा तय गरिएको कार्यक्रममा स्वास्थ्यकर्मीहरूले स्तनपानले बाल शिशुको आन्तरिक तथा बाह्य सुरक्षा र बिकास हुने बैज्ञानिक तथ्यबारे जानकारी दिएका थिए । शिशुलाई २ बर्षसम्म अनिवार्य आमाको दुध खुवाउनु पर्ने बताएका छन् । 

उनीहरूले आमाको दुधले बाल मृत्युदर घटाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, र आमाको स्वास्थ्य सन्तुलित रहने जानकारी गराए ।  जिल्ला स्वास्थ्य कार्यालय रामेछापका डा. निलिजा शाक्यले जन्मेको एक घण्टामा शिशुलाई स्तनपान गराएमा शालनाल छिटो निस्कने बताउनुभयाे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!