बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on: 17 Dec, 2020

पुस २, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिलाको दोगडाकेदार गाउँपालिका स्थित सिल्लेगडा–माल्लेक सडक खण्डको घोडेधारमा बिहिबार ट्याक्टर दुर्घटना हुँदा चाललको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरीनायब उपरीक्षक नारायाण प्रशाद अधिकारिले जानकारी दिए ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा दोगडाकेदार गाउँपालिका ८ का ट्याक्टर चालक २५ वर्षीय नरेश बहादुर विष्ट रहेको उने बताए। वडा नं ३ को सिल्लेगडाबाट सरिया सिमेन्ट बोकेर वडाकै कुकुडेपानी तर्फ जादैं गरेको सु प प्र ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर सडकमै पल्टेको हो । 

ट्याक्टर तुसारो परेको सडकबाट चिप्लेर दुर्घटनामा परेको बताइएको छ । ट्याक्टरमा अन्य ४ जना सवार रहेका भएपनि उनीहरुलाई चोटपटक नलागेको र सबैजना सकुसल रहेका प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!