वडाध्यक्षका हत्यारालाई जन्मकैद

Posted on: 24 Dec, 2020

पुस ९, अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ । 

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।

वडाध्यक्ष धामी विसं २०७६ माघ महिनाको २० गते राति भैँसी गोठमा मृत फेला परेका थिए । 

मृतक वडाध्यक्षका भाइ सुरतबहादुर धामीले स्थानीय नौ जनाले हत्या गरेको भन्दै उनीहरुका नाममा किटानी जोहेरी दिएपछि हत्यामा संलग्न रहेको आरोप लागेका अन्य पाँच जनाको कसुर नरहेको भन्दै अदालतले सफाइ दिएको छ भने चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । मृतक धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । रासस 



यस बिषयमा तपाइको प्रतिक्रिया...!