कारागारबाट फरार थुनुवा जङ्गलबाट पक्राउ

Posted on: 27 Dec, 2020

पुस १२, चितवन । कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटी जङ्गलबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनी यही मङ्सिर २० गते साँझ ५ः१५ बजे कारागार कार्यालयबाट भलिबल खेल्ने जालीको सहायताले पर्खाल नाघी भागेका थिए । जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि गएको साउन २० गते उनलाई कारागार पठाइएको थियो । 

पक्राउ परेका श्रेष्ठको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ । थापाले आज रिपोर्ट नेगेटिभ आएमा श्रेष्ठलाई कारागार पठाइने जानकारी दिए ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!