पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

Posted on: 05 Jan, 2021

पुस २१, सुनसरी | पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १—०२—०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनीसँगै मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–१ की सलिना राई घाइते भएकी छन् । 

उनीहरु दुवैलाई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएकामा उपचारकै क्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी  कार्यालय झापाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!