रुसले नेपाललाई कोरोनाविरुद्धको खोप २ करोड ५० लाख डोज दिने

Posted on: 13 Jan, 2021

पुस २९, काठमाडौं | विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस बिरुद्धको दुई करोड ५० लाख डोज खोप रुसले नेपाललाई उपलब्ध गराउने भएको छ | अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सका अनुसार रुसको विदेश मन्त्रालयले स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको छ |

रुसले विकास गरेको स्पुतनिक–भी खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको बताइएको छ | यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोज १० अमेरिकी डलर तोकिएको छ | यो खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशमा दिन थालिसकिएको छ |

पचास भन्दा बढी मुलुकले यसको डेढ अर्ब डोज माग गरिसकेका रुसले बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!