नेपाल प्रहरीका ११ जना एसएसपीमा बढुवा सिफारिस ( नामावली सहित)

Posted on: 13 Jan, 2021

पुस २९, काठमाडौँ | नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का लागि बढुवा सिफारिस भएका छन | बुधबार बढुवा समितिको बैठकले ११ जना एसपीको बढुवा सिफारिस गर्ने निर्णय हो |

बढुवा सिफारिसमा लागु औषध नियन्त्रण ब्युरो, काठमाडौंका कृष्णकुमार महत, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, मकवानपुरका गोविन्दकुमार साह, जिल्ला प्रहरी कार्यालय सिरहाका उमाशंकर पन्जियार, प्रहरी प्रधान कार्यालय युएन जगेडाका अर्जुनचन्द ठकुरी, जिल्ला प्रहरी कार्यालय डोटीका जनकराज पाण्डेय रहेका छन् | 

त्यसैगरी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, डोटीका सुरेन्द्र प्रसाद मैनाली, महानगरीय प्रहरी पहरा गण सामाखुसी, काठमाडौंका कृष्णहरी शर्मा पोखरेल, महानगरीय सशस्त्र प्रहरी गण महाराजगन्जका चक्रबहादुर सिंह, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालका दिल्लीराज पन्त, जनसम्पर्क तथा प्रचार प्रसाख शाखा नक्सालका मधुसुदन लुईंटेल र मोहन प्रसाद पोख्रेल बढुवामा सिफारिस भएका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!