‘नागरिक एप’ शुभारम्भ

Posted on: 15 Jan, 2021

माघ २, काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित समारोहमा  ‘नागरिक एप’ शुभारम्भ गरेका छन् ।

नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको हो । 

सरकारको  डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!