नेकपा र कांग्रेसका कार्यकर्ता बिच झडप,प्रहरीले गर्यो हवाई फायर

Posted on: 19 Jan, 2021

माघ ६, पक्षिम रुकुम । रुकुमको आठबीसकोट नगरपालिका-९ मा नेपली कांग्रेस र नेकपाका कार्यकर्ता बिच झडप भएको छ । सोमबार बेलुकी देखि भएको झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

सोमबार बेलुकी ८ बजेबाट नेकपा प्रचण्ड- नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ता बिच विवाद भएपछि विवाद समाधान गरिएको थियो । तर पुनः मंगलबार बिहानैदेखि पुनःझडप सुरु भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले नौ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

झडपमा परी ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही सामान्य घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी पठाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!