पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि,कतिको मृत्यु ?

Posted on: 20 Jan, 2021

माघ ७, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा  ३१८ जनामा संक्रमण पुष्टि भएको हो | 

योसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार २४ घन्टामा ३८३ जना कोरोना संक्रमण मुक्त भएका छन् | यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ | 

त्यस्तै २४ घन्टामा ६ जनाको मृत्यु भएको छ | योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ७५ पुगेको मन्त्रालयको तथ्यांक छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!