भोलिदेखि लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली हट्ने

Posted on: 21 Jan, 2021

माघ ८, काठमाडौँ । भोलि देखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने कोटा प्रणाली हट्ने भएको छ । यसअघि दिनमा निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फारम भर्न नपाएको गुनासो बढेको थियो ।

यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकताअनुसार आवेदन दिन सक्ने व्यवस्था गर्ने भएको हो । जसअनुसार अनलाइन फारम दर्ता प्राप्त आदारमा परीक्षाका लागि पालैपालो बोलाउने यातायात व्यवस्था विभागले जनाएको छ ।

नलाइन फाराम भरिसकेपछि परीक्षासम्बन्धी जानकारीका लागि सञ्चालनमा रहेको एसएमएस सेवा भने प्राविधिक कारण बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । उक्त सेवा बन्द रहेको अवस्थामा रजिस्ट्रेसन नम्बरसहित तोकिएको समयमा कार्यालयमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।  

कोरोना भाइरसका कारण गत चैत देखि बन्द भएको अनलाइन फाराम कोटा तोकेर गत पुस देखि खुलेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!